इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयकोे ६८ औं वार्षिकत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीताकुमरी चौधरीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो । राष्ट्रिय माध्यमिक विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो । विद्यालयले इटहरी उपमहान
इटहरी । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै इटहरी लेडी जेसिजले आफनो २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको प्रमुख आतिथ्य तथा इटहरी लेडी जेसिजकी वर्ष २०२३की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो । स्थापना दिवसका अवसरमा विगत देखि नै सफल संघषशील महिलालाई सम्मान गर्दै आएको झै यस वर्ष पनि एकल तथा संघषशिल महिला इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की सिता श्रेष्ठ गौतमलाई नगद सहित सम्मान गरियो ।त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक
सुनसरी / इटहरी - २ की लक्ष्मी राई लिम्बुको घर केही महिना अघि जंगली हात्तीले भत्काएपछि अहिले नेपाल तरुण दल सुनसरीलेदुई कोठाको घर बनाएर हस्तान्तरण गरेको छ ।साना तीन जना बालबच्चा सहित बस्दै आएको घर हात्तीले भत्काइ दिएपछि विचल्नीमा परेकी लक्ष्मीको परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको अगुवाईमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।हात्तीले घर भत्काइ दिएकी लक्ष्मीलाई तरुण दलको तर्फबाट ६ लाख बढीको खर्चमा दुई कोठाको घर बनाएर हस्तान्तरण गरिएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए ।उनले लक्ष्मीको घर निर्माण विभिन्न व्यक्तिहरुले सहयोग गरेको र सहयोग गर्नेहरुलाई आभार प्र
इटहरी / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउन गरिन्छ ।अभियानको तेस्रो दिन सोमबार बिहान सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १७ मा प्रभातफेरि गरिएको छ । अध्यक्ष प्रभात कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १७ का बिभिन्न संघ संस्था, बाल क्लब, मदरसा, प्रहरी , बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो । अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्ता महिला हिंसाका घटनामा कमी आउन नसकेको बताए । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरूद्
मोरङ : कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ। पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्।पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टि
मोरङ / मोरङको रतुवामाई नगरपालिकाले आफ्नै पहिचान झल्कने लोगो बनाउने भएको छ ।नगरपालिकाले मंगलबार एक सुचना प्रकासिश गर्दै पालिकाको लोगो बनाउन खुल्ला प्रस्तावना आह्वान गरेको छ । रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले स्थानीय तहले आफ्नो पहिचान झल्कने लोगो बनाउन सक्ने प्रावधान रहेकोले प्रयोगमा ल्याउने उद्देश्यले लोगो निर्माण गर्न लागिएको जानकारी दिए ।पालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायत झल्कने गरी लोगो निर्माण गर्ने जनाएको छ । लोगो निर्माण गरी सूचना प्रकाशित भएको २१ दिनभित्र पालिकामा पेश गर्न सक्ने उनले बताए ।लोगो बनाउन इच्छुकहरुले नगरपालिकाको इमेल तथा कार्यालयमा पठाइएका लोगो
उर्लाबारी / मोरङको उर्लाबारी ७ मा भएको आगलागी घटनामा परी घाइते भएका नरेश यादवको निधन भएको छ । यादवको निधनसंगै यस घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।काठमाडौं स्थित किर्तीपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४३ वर्षीय यादवको उपचारका क्रममा सोमबार राति ११ बजे निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका यादवको अनुहार, घाटी, ढाड, दुवै हात र खुट्टामा गरी १४ प्रतिशत जलन रहेको थियो ।गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी ७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । अचानक पसलमा आगो लागेपछि निभाउन गएका ४ प्रह
विराटनगर / सामाजिक रुपान्तरण लागि महिला नेतृत्व, न्याय समान्ता र पर्यवरणीय अधिकारको सुनिश्चिता सामाजिक रुपान्तरणसहितको दिगो बिकासमा निश्चितता“ भन्ने मुल नाराका साथ कोशी प्रदेश महिलावादी महिला मञ्चको कार्यक्रम सुरु भएको छ । आइतबार विराटनगरमा आयोजनागरिएको कोशीप्रदेश स्तरीय महिला सम्मेलन मंसिर ११÷१२ गते २ दिन सम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा महिला अधिकारको बिषयमा कार्यपत्र प्रस्तुति गरेको थियो । लैंगिक हिंसा र यौन हिंसाको बिषयमा कार्यशाला , महिला र श्रमको बिषयमा अन्तरक्रिया, वैदेशिक रोजगारी बाट फर्किएका महिलाहरुको बिषयमा कार्यशाला , यौन श्रम र असंगठ
इटहरी । इटहरी उपमहानगरपालिकामा ३० जना नगर प्रहरी थपिएका छन । २ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । याे संगै उपमहानगरमा नगर प्रहरीको संख्या ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन ।नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिईने जनाइएकाे छ । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने त्यस्तै नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने उपमहानगर अन्तरगत मेयरकाे सचिवालयले जनाएकाे छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण प
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसले क्याम्पस सञ्चालक परिषदको सत्राैं बैठकको अवसर पारेर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना भएको अक्षयकोष , दाता तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा साेमवार क्याम्पसले १७४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हाे । १३ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए । उनले क्याम्पसले हरेक वर्ष विद्यार्थीहरूलाई अक्षकोष तथा विभिन्न संघसस्थाहरूको सहयोगमा छात्रवृत्ति वितरण गर्दै आइरहेको उल्लेख गरे । छात्रवृत्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.