सुनसरी / इटहरी - २ की लक्ष्मी राई लिम्बुको घर केही महिना अघि जंगली हात्तीले भत्काएपछि अहिले नेपाल तरुण दल  सुनसरीलेदुई कोठाको घर बनाएर हस्तान्तरण गरेको छ ।

साना तीन जना बालबच्चा सहित बस्दै आएको घर हात्तीले भत्काइ दिएपछि विचल्नीमा परेकी लक्ष्मीको परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको अगुवाईमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।IMG_20231128_204850

हात्तीले घर भत्काइ दिएकी लक्ष्मीलाई तरुण दलको तर्फबाट ६ लाख बढीको खर्चमा दुई कोठाको घर बनाएर हस्तान्तरण गरिएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए ।

उनले लक्ष्मीको घर निर्माण विभिन्न व्यक्तिहरुले सहयोग गरेको र सहयोग गर्नेहरुलाई आभार प्रकट गरे थिए ।

हात्ती घर भत्काएपछि खुल्ला ठाउँमा बस्दै आएको समयमा पक्का घर बनादिएकोमा नेपाल तरुण दल सुनसरीका सभापति गुरुङको लक्ष्मीले खुलेर प्रशंषा गरेकी छन् ।

उनले दुख पाएकाहरुलाई यस प्रकारको सहयोग गर्ने गुरुङ आफुहरुका लागि सरकार जतिकै भए वताइन् ।IMG_20231128_204839

लक्ष्मीको परिवारका लागि घर वनाउने काममा विभिन्न व्यक्तिहरुले सहयोग उपलव्ध गराएको तरूण दल सुनसरीका सभापति गुरुङले बताए ।