इटहरी । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै इटहरी लेडी जेसिजले आफनो २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

   ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको प्रमुख आतिथ्य तथा इटहरी लेडी जेसिजकी वर्ष २०२३की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।

  स्थापना दिवसका अवसरमा विगत देखि नै सफल संघषशील महिलालाई सम्मान गर्दै आएको झै यस वर्ष पनि एकल तथा संघषशिल महिला इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की सिता श्रेष्ठ गौतमलाई नगद सहित सम्मान गरियो ।

त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै  पत्रकार कृष्ण भट्टराई जुनेलीलाई समेत सम्मान गरियो ।                                   vlcsnap-2023-11-28-14h25m45s809

सम्मानितहरुलाई कार्यक्रमकी प्रमुख अतिथी शारदा दिदी लगायतले दोसल्ला ओढाएर नगद सहित प्रमाण पत्रले सम्मान गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरियो ।  स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ता पुर्व अध्यक्षहरुले विगत देखि हालको अवस्थामा संस्थालाई ल्याइपुर्याउदाका दिनहरुको स्मरण आफनै भवनमा निर्माण गर्न सफल भएको समेत उल्लेख गरेका थिए । कार्यक्रममा स्थापक अध्यक्ष मिना भण्डारी , पुर्व अध्यक्ष बालिका खड्का भट्टराई लगायतले बोलेका थिए ।                                      vlcsnap-2023-11-28-14h26m07s082इटहरी क्षेत्रमा शिक्षा ,स्वास्थ्य , लगायतका सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको इटहरी लेडी जेसिजमा आवद्ध महिलाहरु विभिन्न क्षेत्रमा नेतृत्वदायि भुमिकामा रहदै आएका छन ।                                     406260344_881621966987665_3947478740916834717_n

कार्यक्रममा पुर्व अध्यक्षहरु जानुका भट्टराई , उर्मिला कटुवाल, गिता अधिकारी पौडेल , भेषजा काफ्ले , मिनु न्यौपाने , अम्बीका श्रेष्ठ , गिता सुबेदी , इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदी लगायतका छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।