इटहरी / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउन गरिन्छ ।
अभियानको तेस्रो दिन सोमबार बिहान सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १७ मा प्रभातफेरि गरिएको छ । अध्यक्ष प्रभात कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १७ का बिभिन्न संघ संस्था, बाल क्लब, मदरसा, प्रहरी , बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो । अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्ता महिला हिंसाका घटनामा कमी आउन नसकेको बताए । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सहरमा मात्र नभइ गाँउमा पनि सञ्चालन हुनुपर्ने वडा अध्यक्ष आचार्य को भनाइ छ ।
सहभागीले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


