इटहरी स् इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा एक पुरुष आफ्नै घरमा मृत फेला परेका छन्।

मृत फेला पर्नेमा स्थानीय ५५ वर्षीय कमल परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको हो। स्थानीयले आज बिहान करिब प्रहरी चौकी हर्कटेलाई घटनाबारे जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।