इटहरी स् उदयपुरको त्रियुगा नगरपालिका–११ ज्योतिनगर टोलमा करेन्ट लागेर ६५ वर्षीय बद्री नारायण चौधरीको मृत्यु भएको छ ।

आफ्नै घरको पूजा कोठामा मंगलबार साँझ पूजाका लागि होल्डरमा तार जोडेर बत्ती बाल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । आफन्तले उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो ।