इटहरी स् भोजपुरको हतुवागढी गाउँपालिका–८ साप्टेनेटरमा एक नाल भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा साप्टेनेटर मालबासे सामुदायिक वनको घोडेटार–साप्टेनेटर कच्ची सडकखण्डमा बन्दुक फेला पारेको हो ।

चुहार जाने सडकखण्डमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।