इटहरी : देवी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
प्रसाईकी श्रीमती तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा देवी महतारा प्रसाईले अक्षयकोषका लागि दुई लाख रुपैयाँको चेक वुधवार विद्यालयलाई हस्तान्तरण गरेकी हुन्। विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले चेक ग्रहण गरेकी थिइन् । अभिभावक तथा विद्यार्थीको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो। विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त रकम विद्यार्थीको शैक्षिक विकास र उज्ज्वल भविष्यका लागि उपयोग गरिनेछ। स्वर्गीय प्रसाईको विद्यालयप्रतिको योगदान र स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ।


