इटहरी : कोशी प्रदेशमा देखिएको एलपी ग्यासको अभाव र डिलरमा लाग्ने लामो लाइनको समस्या घटाउन ‘सुविधाको सुविधा’ डिजिटल सेवा सार्वजनिक गरिएको छ।  रातो गुराँस र सुविधा ग्यासको सहकार्यमा ल्याइएको यो सेवामार्फत उपभोक्ताले आफूलाई पायक पर्ने डिलरमा ग्यास उपलब्ध भए–नभएको जानकारी मोबाइलबाटै हेर्न सक्नेछन्।  कम्पनीले ग्यास पठाएपछि कुन डिलरमा ग्यास उपलब्ध गराइएको हो भन्ने जानकारी डिजिटल नक्सामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।  उपभोक्ताले सम्बन्धित डिलरको स्थान, फोन नम्बर तथा त्यहाँ पुग्ने दिशासमेत मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

यसले ग्यासका लागि डिलर खोज्दै हिँड्नुपर्ने तथा घण्टौँ लाइनमा बसेर ग्यास पर्खनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।  ‘ग्यास कहाँ छ भनेर खोज्दै हिँड्ने होइन, अब मोबाइलमै थाहा पाउनुहोस्’ भन्ने अवधारणासहित सेवा सञ्चालनमा ल्याइएको हो।  हाल यो सेवा कोशी प्रदेशका उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको छ।