इटहरी । नेपाल आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगर कार्यसमितिको नवौं उपमहानगर अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत रूपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै विसन राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विसन राई, उपाध्यक्षमा राजकुमार तामाङ, महिला उपाध्यक्षमा दाछिकी शेर्पा, सचिवमा देवी राई, सहसचिवमा जीवन केरुङ तथा कोषाध्यक्षमा निकेश माझी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा बबिता थामी, ज्योति गुरुङ भुजेल, विपना साम्यु लिम्बू, नेत्रप्रसाद गुरुङ, गुडिया मण्डल, राजेश श्रेष्ठ, निमा तामाङ, पेम्बा दोर्ची शेर्पा, ज्योती जिमी, सुनिकन सुनुवार र वर्षा राजभण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
अधिवेशनले संगठनलाई थप सशक्त र सक्रिय बनाउने, आदिवासी जनजाति युवाको हक–अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा समुदायमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यसमिति चयनका लागि गठित निर्वाचन मण्डलमा कमल राना मगर, छिरिङ शेर्पा र सिला गुरुङ रअनुभएको थियो । निर्वाचन मण्डलको समन्वयमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ ।
नवगठित कार्यसमितिले आगामी कार्यकालमा इटहरी क्षेत्रका आदिवासी जनजाति युवालाई संगठनमा आबद्ध गराउँदै उनीहरूको क्षमता विकास, सामाजिक सहभागिता, अधिकार संरक्षण तथा समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।


