इटहरी। नम्बर नखुलेको सावरीसाधनले ठक्कर दिँदा मोरङको कानेपोखरीमा आइतबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा राति ११ः५० बजेतिर दुर्घटना भएको हो । पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री पथरीशनिश्चरे नगरपालिका–१० त्रिवेणी चोकका ६० वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । प्रहरीले ठक्कर दिने सवारीसाधनको पहिचानको प्रयास गर्दै खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरेको छ ।


