इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिएका छन् ।
कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय च्यासलअगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी गरिरहेका छन् । अवस्था तनावपूर्ण बन्दै जाँदा प्रदर्शनकारी र प्रहरीबीच झडप हुने सम्भावना देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।


