इटहरी । उदयपुरको कटारी नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मे।१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । वैशाख १८ गते अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएकाउनिहरुलाई तत्काल प्रहरीले उद्दार गरी उपचारको लागी कटारी अस्पताल लगेकोमा अस्पताल पुर्‍याउनासाथ झापा दमक नगरपालिका(३ का ५५ बर्षीय माधब बस्नेतको मृत्यु भएको थियो ।गाडीचालक दमक(९ का ३८ बर्षीय देबेन्द्र तामाङलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते भएका  दमक(१० का ४९ बर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक(१ का ४५ बर्षीय ज्ञानेन्द्र गौतम, दमक(६ का ५४ बर्षीय कमल श्रेष्ठ, दमक(२ का ३८ बर्षीय नबिन खतिवडा रगौरादह नगरपालिका(१ का ५४ बर्षीय भुवन दाहाललाई थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर पठाईएको छ ।