इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित योङ कम्युनिष्ट लिग वाइसिएल नेपालको पालिका कमिटी अध्यक्षमा दिनेश पौडेल चयन हुनुभएको छ । नेकपा ९माओवादी केन्द्र० निकट वाइसिएल नेपालको तेस्रो अधिवेशनले पौडेल अध्यक्ष रहेको ५१ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो । पालिका कमिटी उपाध्यक्षमा ज्ञानेन्द्र इधिङ्गो, सन्दिप लिङ्देन, सचिवमा इन्द्र इधिङ्गो, सहसचिव तुलसी लिङ्देन, पुजन सुनुवार र आयुषा मिश्र तथा कोषाध्यक्षमा सन्दिप बानियाँ चयन हुनुभएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा भएको वाइसिएलको पालिका अधिवेशन माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, वाइसिएलका जिल्ला अध्यक्ष कैलास माबोको उपस्थितिमा सम्पन्न भएको हो । यस्तै, कार्यक्रममा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य एवम् सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया ९बन्दना०, माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष अमर इधिङ्गोलगायत पार्टी तथा जनवर्गीय सङ्गठनका विभिन्न तहका नेतृत्वहरुको उपस्थिति रहेको थियो । यही वैशाख २३ गते जिल्ला अधिवेशन गर्ने तयारीस्वरुप वडा तथा पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने क्रमलाई तीव्रता दिँदै आएको वाइसिएलका जिल्ला अध्यक्ष माबोले जानकारी दिनुभयो ।