इटहरी | नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिको पाँचौं अधिवेशनबाट अनीश (सुवेदी) गोरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।
सो अधिवेशनबाट उपाध्यक्षमा मनिष चौधरी र बसन्त राई, कोषाध्यक्षमा स्मारिका सुबेदी, सचिवमा एबिन निरौला तथा अन्य सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष अनीशले युवा नेतृत्वलाई सशक्त बनाउँदै संगठनलाई अझ सबल र सक्रिय बनाउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल सुनसरीका संस्थापक अध्यक्ष जीवन विष्टले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठनको सुदृढीकरणमा ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रम संयोजक तथा नेपाल तरुण दल सुनसरीका उपाध्यक्ष दिलकुमार राईले नयाँ नेतृत्वले संगठन सशक्तिकरण र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास रहेको जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरूङले पनि अधिवेशन सफलताका लागि शुभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै नेपाल तरुण दल सुनसरी क्षेत्र नं.२ (क)को प्रथम अधिवेशनबाट सर्वसम्मतले सुनसरी क्षेत्र नं.२(क)को अध्यक्ष विबश विष्ट (राजा) उपाध्यक्ष नबिन मगर , राजन राई ,सचिव बिशाल क्षेत्री लगाएत सर्वसम्मतले चयन भएका हुन् । हाल देशभर नेपाल तरुण दलका स्थानीय तहहरूमा अधिवेशनहरू भइरहेका छन्। यसै सन्दर्भमा इटहरी उप–महानगरको अधिवेशनलाई विशेष र उल्लेखनीय मानिएको छ ।


