इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको आदर्श टोल विकास संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभासँगै संस्थाले जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा अधिवेशन कार्यक्रमसमेत सम्पन्न गरेको हो।

कार्यक्रम आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइलाको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

संस्थाले टोलमा बसोबास गर्ने १० जना जेष्ठ नागरिक, १५ जना एकल महिला तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्ने १० जनालाई नगद, प्रमाणपत्र र खादामालाले सम्मान गरेको थियो।

टोलको समग्र विकासका लागि काम गरिरएको रहेको आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइलाले बताउनुभयो । टोलमा सरसफाइ, सडक मर्मत, विद्युत व्यवस्था, खुला स्थानको संरक्षण तथा बालबालिका र ज्येष्ठ नागरिकका लागि सहज वातावरण निर्माण गर्न स्थानीय बासिन्दाको सहकार्य अत्यन्त जरुरी अध्यक्ष रोइलाले बताउनुभयो ।

वडाको समुन्नत विकासका लागि टोल विकास संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने कार्यक्रमका प्रमुख अतिथि

इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की(कैलाश)ले बताउनुभयो । जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने प्रतिवद्धता रहेको बताउनुभयो ।IMG-20250419-WA0069

संस्थाले नयाँ कार्य समिति आगामी दिनमा गर्ने भएको छ । कार्यक्रममा संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारी, साझा फुलबारी टोल विकास संस्थाका अध्यक्ष विष्णु कुमार धमला,इटहरी वडा नम्बर १ का वडा सदस्य ज्ञानेन्द्र गौतम, हरिहर थारू, नमुना टोल विकास संस्थाका अध्यक्ष चित्र बहादुर कार्की, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।IMG-20250419-WA0066