इटहरी / वैशाख ६ – इटहरी उपमहानगरपालिका–१० स्थित राजस्व टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा अमर श्रेष्ठको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य तारा ढकालको उपस्थिति रहेको थियो।
उद्घाटन सत्र सचिव जयप्रसाद लुइटेलको संचालनमा सम्पन्न भएको थियो। सभामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नयाँ चयन गरिएको ९ सदस्यीय कार्यसमिति यस प्रकार रहेको छ:
अध्यक्ष: अमर श्रेष्ठ, उपाध्यक्ष: गोपाल श्रेष्ठ, सचिव: जयप्रसाद लुइटेल, सहसचिव: सूर्य खत्री, कोषाध्यक्ष: सबिना मादेन, सदस्यहरू: रेखा ढकाल तिम्सिना, अम्बिका बिष्ट, लक्ष्मीप्रसाद श्रेष्ठ, सपना थापा त्यसैगरी, ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समिति सदस्यहरूमा भुवन कुमार थापा, सोमराज भट्टराई, गोपाल ढकाल, नितेश गौतम, तुलसा खनाल प्रसाई, मुक्तिराज सुवेदी र पदमबहादुर बस्नेत रहेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष अमर श्रेष्ठले टोल विकास संस्थाको समग्र विकासका लागि थप सक्रिय र परिणाममुखी कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्दै, सबै सदस्यहरूको सहकार्य र स्थानीयवासीहरूको सहयोगलाई आत्मसात गर्दै अघि बढ्ने बताए।

प्रमुख अतिथि तारा ढकालले राजस्व टोल विकास संस्थाले गर्दै आएका सामाजिक कार्यहरूको प्रशंसा गर्दै अन्य टोल विकास संस्थाहरूले पनि यस्ता सकारात्मक र एकता प्रवर्द्धन गर्ने कामबाट सिक्नुपर्ने धारणा राख्नुभयो। उहाँले राजस्व टोल विकास संस्थालाई इटहरीकै नमुना टोलका रूपमा चित्रित गर्नुभयो।
साधारण सभामा टोल विकास संस्थाका सदस्यहरू, स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


