इटहरी ।  भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर  संरक्षणको कामथालेको हो । ढुङ्गाभरि जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा  दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताउनुभयो । अनौठो प्राकृतिक स्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवर्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो ।  नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उहाँको भनाइ छ । नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।”पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा  करिब रु। ६० लाख लगानी भइसकेको उहाँको भनाइ छ । गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष  राईले बताउनुभयो ।