इटहरी । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार भएको १४ औं जिल्ला अधिवेशनले विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षहरूमा सरस्वती राई र प्रशुराम काफ्ले चुनिँदा सचिवमा लक्ष्मण जोशी र कोषाध्यक्षमा गंगादेवी प्रधान विजयी बनेका छन् । त्यस्तै, कमला प्रधान सहसचिव र अमृत लुइटेल सह–कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरू रविन राई, खगेन्द्र घिमिरे, घनश्याम भण्डारी, यदिकुमार श्रेष्ठ, कटक बहादुर विष्ट, हरिप्रसाद लुईटेल, आनन्द कुमार भुजेल, रामकुमार राई, गोपाल पराजुली, धनकुमार जिसी, माया मगर, गीतादेवी राई, हर्कराज शेर्पा, भक्तकुमारी तामाङ, स्नेह राई, नीता सुवाल रहेका छन् ।