इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको १० औं वार्षिक साधारणसभाले विष्णु कुमार धमलालाई पुनः अध्यक्षमा चयन गरेको हो । साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष धमला सँगै उपाध्यक्षमा दल बहादुर कार्की, सचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा साबित्रा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा तोयानाथ तिम्सिना, सबिता थापा, भीम बहादुर खत्री, लिलाभक्त कार्की, भक्तबहादुर कटवाल, र लक्ष्मी श्रेष्ठ रहेका छन् । संस्थाका नव–निर्वाचित अध्यक्ष विष्णु कुमार धमलाले समुदायको विकास र समृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहि योजना बनाएर संस्थालाई थप सुदृढ बनाउने बताउनुभयो । नयाँ नेतृत्व चयन भएको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले संस्थालाई निरन्तर साथ र सहयोग रहने बताउनुभयो । संस्थाले बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले स्थानीय बासिन्दाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत पु¥याइरहेको छ । साथै, टोलमा पूर्वाधार विकासका लागि समेत काम गर्दै आएको छ । संस्थाका पदाधिकारीहरूले आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्य गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।