दुहबी | नजिकिँदै गरेको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा सुनसरीको दुहबी नगरपालिका –९ स्थित १ सय घर मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण गरिएको छ । 

माई केयर मलेसियाको तर्फबाट हेस्रा नेपाल संस्था तथा दुहबी नगरपालिका वडा नम्बर –९ को संयोजनमा आयोजित कार्यक्रममा गरिब तथा विपन्न मुस्लिम समुदायहरुलार्ई खाद्य सामग्री प्रदान गरिएको हो । उक्त राहत वितरण कार्यक्रम हेस्रा नेपाल संस्था, दुहबी–९ का वडा अध्यक्ष मेहदी हुसेनकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका संयोजक थानेश्वर ओझा, वडा सदस्य सतिकुमार चौधरी, स्थानीय अगुवा एवं समाजसेवीहरूको उपस्थितीमा  चामल, दाल, चिनी, तेल, मैदा, चना, खजुर, चियापत्ति लगायत दैनिक आवश्यक खाद्य सामग्रीहरू प्रदान गरिएको थियो ।

संस्थाका पदाधिकारीहरूका अनुसार यो कार्यक्रम विशेष गरी ती मुस्लिम परिवारलाई लक्षित गरिएको थियो, जो आर्थिक रूपमा कमजोर छन् र रमजान महिनामा खाद्य अभाव झेल्नुपर्ने स्थिति छ । विपन्न तथा गरिब परिवारलाई सहयोग गर्ने उद्देश्यले फुड प्याकेज वितरण गरिएको प्रोजेक्टका अध्यक्ष अमिरूल इस्लामले  बताउनुभयो ।IMG-20250320-WA0055

सामाजिक कार्यले समुदायमा भाइचारा, सहयोग र एकताको सन्देश प्रवाह गर्ने गर्ने उदेश्यले राहत प्रदान गरिएको संयोजक थानेश्वर ओझाले जानकारी दिनुभयो । राहत सामग्री प्राप्त गरेका स्थानीय मुस्लिम समुदायका सदस्यहरूले खुशी व्यक्त गर्दै सहयोगी हातहरूलाई धन्यवाद दिएका छन्। उनीहरूले यस्तो किसिमको सहयोगले रमजान महिनालाई अझ सहज बनाएको बताएका छन् ।IMG-20250320-WA0054