इटहरी । प्रहरीले उदयपुरको बेलका(२ का २० वर्षीय सुजन खड्कालाई आइतबार विराटनगरमा लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनको साथबाट ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबारै इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरोको प्रहरी टोलीले विराटनगर(१५ मोरङ केराबारी(३ का २४ वर्षीय उत्तम याक्खा, सुन्दरहरैंचा(५ का ४५ वर्षीय मातृका सुवेदीलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ । प्रहरीले जनाए अनुसार उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ ।


