म हेरिरहन्छु यो तस्वीर

औधी मन पर्छ यी  तस्वीर म आफैलाई !!

आफैले वर्णन गर्न अप्ठेरो

प्रशंसा गर्न पटक्कै नमिल्ने 

सायद कवि भएर सुन्दरता खोज्नु पर्ला त्यो तस्वीरमा 


कहिले काँही यस्तो लाग्छ 

यही तस्विरमा ....

किन अल्मलिन्छु ?

किन घरी घरी सुन्दर लाग्छ ? 

किन के के नमिलेको घृणा जाग्छ ?

फेरि प्रेम पनि उम्रन्छ यही तस्वीरमा  ।

तर एउटै तस्विरमा कहिलेसम्म म आफै अलमलिनु ? 


तर फेरि आफैलाई मन पर्छ यो तस्वीर 


यो तस्वीरमा हराउनुको रहस्य 

बारम्बार घोत्लिनुको मतलव

त्यो तस्वीरमा खोज्नुको सहानुभूति 

त्यही तस्वीरलाई मानक मानेर छुट्याइने गुणदोष 

अनि तस्वीरकै बहानामा बनाउन खोजिएको खाडलहरु 

सायद त्यो तस्वीरको सौन्दर्य हुनुपर्छ 


त्यो तस्वीरमा म खोजिरहेको छु परिचय

खोजिरहेको छु अस्तित्व 

खोजिरहेको छु असली रङ


किनकी त्यो आफैलाई चिन्न हम्मे हम्मे परेको

इन्द्रेणी रङभन्दा अलि पर पारिएर खास आफ्नो रङ खोजिरहेको 

अनि यो समाजमा आफ्नो नाम खोजिरहेको त्यो बेवारिसे तस्वीर मेरो हो ।।

र नै पनि सारै प्रिय लागेको हुनुपर्छ

म आफैलाई त्यो तस्वीर ।  

            लेखक :  सिताराम   चन्द्रवंशी (समिर)

   स्थान सुनसरीको बराहक्षेत्र नगरपालिका ९