सुनसरी | सुनसरीको झुम्कामा रहेको युनिक एकेडेमी स्कुलको २५ औं वार्षिकोत्सब एवम् रजत जयन्ती समारोह सम्पन्न भएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुखको आथित्यता तथा युनिक एकेडेमी स्कुलका प्रिन्सिपल उमेश थापाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
सो अवसरमा विद्यालयको विकास, शैक्षिक गुणस्तर वृद्धि, तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा सल्लाहकार
दिल कुमार बन, प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा प्राज्ञिक सल्लाहकार शंकर थापा,पूर्व प्याब्सन कोशी प्रदेश सदस्य तथा सुनसरी जिल्ला कार्यसमितिका सल्लाहकार देव नारायण ढकाल, जिल्ला प्याब्सन सुनसरी तथा संस्थापक पूर्व उपाध्यक्ष गोरख बहादुर थापालाई दोसल्ला सहित प्रमाण पत्र दिएर स्कुलले सम्मानित गरेको थियो ।
स्कुलका ३५ जना शिक्षक शिक्षिकाहरूलाई सम्मान गरिएको थियोे भने साथै वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियोे ।
स्कुलका विद्यार्थीहरूले आफै विज्ञान, प्रविधिका सामग्रीहरू निर्माण गरेका थिए । कार्यक्रममा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाइएका थिए ।
स्कुलमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गर्दा खुसि भएको युनिक एकेडेमी सेकेन्डरी इङ्लिसका प्रिन्सिपल उमेश थापाले बताउनुभयो ।
कोशी प्रदेश सरकाले स्कुललाई आवश्यक पर्ने सहयोग गर्ने प्रदिवद्दता रहेको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले बताउनुभयो ।
रामधुनी नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष भोला बास्तोला प्याब्सन सुनसरी,वरिष्ठ उपाधक्ष्य उमेश कार्की, प्याब्सन सुनसरीका कोषाध्यक्ष गोपाल निरौला,प्याब्सन रामधुनीका अध्यक्ष ,अच्युत ढकाल ,प्याब्सन सुनसरीका पदाधिकारीहरू , विभिन्न विद्यालयका शिक्षकहरू , विद्यार्थी ,अभिभावक स्थानीय टोल विकास संस्थाका प्रतिधिनि लगाएतको सहभागीता रहेको थियोे ।
प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा सल्लाहकारले शंखर थापाले कार्यक्रम संयोजक गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक राम चौधरीले गर्नु भएको थियोे ।


