इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा समापन भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित २ दिने कोशी यन्त्र ३.० कार्यक्रम फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा सपन्न भएको हो । कार्यक्रमको अध्यक्षता रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारले गर्नुभएकोे भने प्रमुख अतिथिका रूपमा पुर्वा अञ्चल विश्व विधालयका रजिस्टार निल मनि पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रमका विचमा नेपालकै पहिलो रोबोट साइबरडगको लाइभ डेमो सो भएको थियो । कोशी मिनी यन्त्र ३.० मा   रोबो सॉकर प्रतियोगितामा जम्मा १४ टिमको सहभागीता रहेको थियो । डिस्टक्चर टिम विजेता बन्न सफल भएको छ भने जङ्गे टिम रनरअप भएको छ । प्रविधि प्रदर्शनीमा  १६ वटा  विद्यालय, कलेज तथा स्टार्टअपहरूले आफ्ना प्रविधि परियोजनाहरू समावेश गरेका छन् । विभिन्न विधालयका विधार्थीहरुले कार्यक्रमको अवलोकन गरेका छन् । विद्यार्थीहरूलाई रोबोटिक्स, कृत्रिम बुद्धिमता एआइ , इन्टरनेट अफ थिङ्स आइओटि, एम्बेडेड सिस्टम, प्रविधि–आधारित उद्यमशीलता बनाउन कोशी मिनी यन्त्र ३.० ले लिएको लक्ष्य पुरा भएको  रोबर्टस एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीले बताउनु भयो । विद्यार्थीहरूलाई प्रविधि र नवीन सोच सँग जोड्नु, व्यावहारिक सिकाइको प्रवद्र्धन गर्नु, समस्या समाधान क्षमताको विकास गर्नु, तथा प्रविधि–आधारित उद्यमशीलता र अनुसन्धानलाई अघि बढाउनु जस्ता लक्ष्यहरू प्राप्त गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्न सक्छने छ । स्थानीय र राष्ट्रिय प्रविधि समुदायलाई एकीकृत गन सघाउँने , पुर्वाअञ्चल विश्व विधालयका रजिस्टार निल मनि पोखरेलले बताउनु भयो । विद्यालय तथा कलेजका विद्यार्थीहरू, प्रविधि, नयाँ विचार, तथा अनुसन्धानमा रुचि राख्ने व्यक्ति, स्टार्टअप संस्थापक, उद्यमी, तथा प्रविधि विशेषज्ञहरू, साथै शिक्षक, प्रशिक्षक, तथा शिक्षाविद्हरूको उत्साह जनक सहभागीता रहेको थियो । नेपालमा प्रविधि र रोबोटिक्सको क्षेत्रमा विद्यार्थीहरूलाई सक्षम बनाउन कोशी मिनी यन्त्र ३.० ले नयाँ सोच, नयाँ विचार, र प्रविधिमैत्री समाज निर्माणमा टेवा पुर्याउने आयोजकले विश्वास लिइएको छ ।