दुहवी / नेकपा (एमाले) दुहवी नगर कमिटीले नगरभर ‘जरा अभियान’ तथा पूर्ण बैठक अघि बढाएको छ । नगर कमिटीको कार्ययोजनाअनुसार छलफल गर्दै अभियानको बधाई बढाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीको प्रमुख अतिथ्यता तथा ताबिज हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष आबिद हुसैन, बिनय पोखरेल, प्रदीप चौधरी, राम कोइराला, याम सुब्बा लगायतका वक्ताहरूले जरा अभियानको सफलताको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए।
बैठकले अव क्रमस सबै टोल कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ। बैठकमार्फत जरा अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति तय गरिनेछ।

जरा अभियानको उद्देश्य
जरा अभियानको मुख्य उद्देश्य वडास्तरका टोल टोलमा रहेका पार्टी कार्यकर्ताहरूलाई संगठित गर्दै पार्टीमाथि भइरहेको चौतर्फी आक्रमणलाई सभ्य र रचनात्मक रूपमा सामना गर्नु रहेको बताइएको छ। वक्ताहरूले संगठनलाई मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नगरभर अभियानलाई तीव्रता दिने तयारी
नेकपा (एमाले) दुहवी नगर कमिटीका अनुसार नगरका अन्य वडाहरूमा पनि यही प्रकृतिको बैठक तथा छलफल गर्ने। वडास्तरमा संगठन बलियो बनाउँदै स्थानीय जनताको चासोका विषयलाई केन्द्रित गरी अभियानलाई अघि बढाइने छ। पार्टीलाई जनस्तरमा अझ मजबुत बनाउन तथा संगठनात्मक रूपमा सशक्त बनाउन जरा अभियान सञ्चालन गरिएको केन्द्रीय सदस्य भगवती चौधरी ले बताउनुभयो। नगर कमिटीले आगामी दिनमा नगरका सबै वडामा चरणबद्ध रूपमा संगठन विस्तार, प्रशिक्षण, अन्तर्क्रिया तथा जनसरोकारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले अभियानलाई सफल बनाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा नवनिर्वाचित प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी सुनसरी उपाध्यक्ष बिकल पौडेल, सुनसरी सदस्य मित्र क्षेत्रीलाइ सम्मान गरेको छ ।



