इटहरी । सुन्दरहरैंचा–४ मा रहेको दुलारी मल्टिपल स्कुलले बिहीबार विद्यालय प्राङ्गणमा दुई दिने अभिभावक दिवस तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । अभिभावक दिवसमा  विधालयका व्यवस्थापक प्रमुख टिकाराम दाहालको अध्यक्षता रहेको थियो भने सुन्दरहरैंचा ४ का वडा अध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयको प्रगति, आगामी योजनाहरू, र विद्यार्थीहरूको शैक्षिक उपलब्धिहरूबारे जानकारी गराउँदै विद्यार्थीहरूको सर्वांगीण विकासका लागि शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिएको उहाँले बताउनुभयो । यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्न मद्दत पु¥याएको बताउदै विधार्थीहरुलाई पुरस्कार वितरण गरिएको तथा १ सय बढी जेष्ठ अभिभावकलाई सम्मान गरेको विधालयका प्रधानध्यापक टिका पराजुलीले बताउनु भयो । सोही अवसरमा सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेतले विद्यालयको प्रयासको प्रशंसा गर्दै विद्यार्थीहरूको प्रगति शैक्षिक विकासका लागि टेवा पुगेको बताउनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र यसले समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू, विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।