सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा-१०, प्रकाशपुर स्वास्थ्य चौकीका सम्पूर्ण स्वयंसेविकाहरूले आफ्नो वडा भरिको स्वास्थ्य कार्यक्षेत्रमा सेवा सुविधा बारे  सम्बन्धमा बाग्लुङ नगरपालिका वडा-१ की रामरेखा स्वास्थ्य चौकि प्रमुख अनिता राजभण्डारीसंग स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया गरेका छन । साथै बराहक्षेत्र नगरपालिका वडा १० का वडा सचिब श्री प्रसाद उराउ लगायत वडा सदस्यहरु र वडा कर्मचारीहरुको उपस्थितिमा बाग्लुङ नगरपालिका वडा १ रामरेखा को वडा कार्यालयमा गई वडा जनप्रतिनिधिहरुसँग वडा कार्यालयको कार्य अवस्था बारे अन्तरक्रिया गरी अवलोकन गरिएको छ भन्ने जानकारी वडा सचिबले दिएका छन्। यस अवसरमा दुई नगरपालिकाका वडा प्रतिनिधिहरुले आफ्नो अनुभव र ज्ञानको आदानप्रदान गर्दै वडा स्तरमा जनसेवा र विकासका लागि गरिने कार्यहरुको गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।

स्वास्थ्य चौकीका स्वयंसेविकाहरूले गर्दै आएका सेवा र कार्यहरूबारे छलफल गर्दै उनीहरूले समुदायमा स्वास्थ्य सुविधा पुगाउन र स्वास्थ्य मा जागरूकता बढाउन गरेका प्रयासहरू प्रशंसनीय छन् भन्ने बताइएको छ। 

यस अवसरमा स्वास्थ्य चौकीले गर्दै आएका कार्यक्रमहरू, जस्तै गर्भवती महिलाहरूको हेरचाह, बच्चाहरूको टीकाकरण, स्वास्थ्य शिक्षा, रोग नियन्त्रण, र स्वच्छता जस्ता विषयहरूमा जनचेतना अभियानहरू समेत छलफलमा रहेको थियो। IMG-20250227-WA0066

स्वास्थ्य शाखा प्रमुखले स्वयंसेविकाहरूले गर्दै आएका कार्यहरूलाई अझ प्रभावकारी बनाउनका लागि अझ आवश्यक रहेकाे छ ।साथै प्रकासपुर स्वास्थ्य चैकि प्रमुख ललित रौनियर ले दुबै स्वास्थ्या चौकि को तुलनात्मक अध्ययन गर्नु भएको थियो जसमा भौगोलिक सुबिधा र जनासङ्खिक चाप का कारण प्रकासपुरमा सर्ने र नसर्ने रोग को सङ्ख्या अत्यधिक आउने रहेछ भनि उल्लेख गर्नु भयो । त्यसैगरि  बाग्लुङ नगरपालिका वडा-१ की रामरेखा स्वास्थ्य चौकि को नबिनतम अभ्यास हरु लाइ अनुसरण गर्ने र केहि राम्रा सुचक हरु लाइ यथावत् राख्ने भनि बताए ।