इटहरी । साहित्यकार झमक घिमिरे यस वर्षको कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित हुनुभएको छ। प्रदेश खबर डटकमबाट प्रदान गरिने अवार्ड आइतवार झमक निवास धनकुटा ६ कचिंडेमा वितरण गरिएको हो । प्रदेश खबर डटकमका सञ्चालक पवन अधिकारीले अवार्ड प्रदान गर्नुभएको हो । गत फागुन ७ गते उक्त अवार्ड प्रदान गरिने कार्यक्रम भएपनि घिमिरे उक्त कार्यक्रममा जान नसकेपछि आइतबार घरैमा पुगेर अवार्ड प्रदान गरिएको अधिकारीले बताउनु भयो । सो अवसरमा घिमिरेलाई २५ हजार नगद सहयोग गरिएको छ । अवार्ड वितरणमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले पुरस्कृत व्यक्तित्व घिमिरेबारे धारणा राख्नुभएको थियो । शारिरिक अशक्तताका कारण घिमिरेले गोडाको औंलाको सहायतामा कलम चलाएर साहित्य सृजना गर्दै दर्जनौ कृति प्रकाशित छन् । घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भइ उपचारका क्रममा रहनुभएको छ । घिमिरेले ‘जीवन काडा की फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।