इटहरी । नेपाल माझी उत्थान संघ पाँचथरको अध्यक्षमा राम प्रसाद माझी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा बिरबहादुर माझी, सचिव विमला माझी, सहसचिव ममिता माझी, कोषाध्यक्ष रिता माझी निर्वाचित हुनुभएको छ । कार्य समिति सदस्यस्यहरुमा बिमला माझी, रनबहादुर माझी, मंगलबहादुर माझी, दिलमाया माझी र चनु माझी चयन भएको नव निर्वाचित अध्यक्ष रामप्रसाद माझीले जानकारी दिनुभयो । नव निर्वाचित अध्यक्ष माझीले सिमान्तकृत माझी समुदायको हकहित र अधिकारका लागि अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम माझी उत्थान संघ जिल्ला समिति पाँचथरका निवर्तमान अध्यक्ष जसबहादुर माझीको अध्यक्षतामा सम्पन्न भएको थियो । नव निर्वाचित अध्यक्ष माझी हिलिहाङ गाउँपालिका ७ का निर्वाचित वडा सदस्य पनि हुनुहुन्छ । अधिवेशनलाइ फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।


