इटही | संसदीय व्यवस्था प्रणालीबारे जानकारी दिन इटहरी लेडीज सिजको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इटहरीको इटहीस्थित होटल इनटुरिष्ट प्यालेसको सभा हलमा इटहरी लेडी जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी वरालको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष JC रजनी थापाको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको थियोे । 

उक्त प्रशिक्षण कार्यक्रममा संसदीय व्यवस्था प्रणालीको विषयमा अन्तिम दिन चिया गफ कार्यक्रम समेत भएको थियोे । नेपाल जेसिजका कानुनी सल्लाहकार JCj सुनिल तिमिल्सिना रूपमा रहनुभएको थियो। साथै नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष (JCI) (Sen. )कैलाश खाकी श्रेष्ठले प्रमुख प्रशिक्षणको  भूमिका निर्वाह गर्नुभयो। प्रशिक्षकहरूले संसदीय व्यवस्थाका विविध पक्षहरू, कानुनी प्रक्रियाहरू, नीति निर्माण, विधायन प्रक्रिया, तथा सभाको सञ्चालन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूले दुई दिन सम्म संसदीय प्रणालीको महत्व, यसका अवसर र चुनौतीबारे गहन छलफल गरेका थिए। साथै, संसदीय अभ्यासलाई प्रभावकारी बनाउने उपाय, नियमावलीहरूको पालन, तथा नेतृत्व क्षमताको विकासबारे पनि प्रशिक्षण दिइयो।

जेसिज भनेको सिक्ने र सिकाउने थलो भएको  इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी वरालले बताउनुभयो ।

नेपाल जेसिजले नेतृत्व विकास, नीति निर्माण, तथा व्यवस्थापकीय क्षमताको अभिवृद्धिका लागि यस्ता तालिमहरू आयोजना गर्दै आएको छ। यस प्रशिक्षण कार्यक्रमले सहभागीहरूलाई संसदीय प्रणालीबारे गहिरो ज्ञान प्रदान गर्नुका साथै व्यावहारिक सीपसमेत विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ।1739709937522

इटहरी लेडी जेसिज वर्ष २०१८ का अध्यक्ष जेसी मिनु न्यौपाने, वर्ष २०१६ का अध्यक्ष सुशिला ढकाल ,वर्ष २०११ का अध्यक्ष सुषमा रिजाल,इटहरी लेडी जेसिज क्षेत्र 'क' का शाखा अध्यक्षहरू इटहरी लेडी जेसिजका पदाधिकारीहरूको लगाएत बाक्लो सहभागीता रहेको थियोे । उपस्थितिहरूलाइ अन्तिम दिन प्रमाण समेत वितरण गरिएको थियोे ।