इटही | संसदीय व्यवस्था प्रणालीबारे जानकारी दिन इटही लेडी जेसिजको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम गरिएको छ ।

 इटहीस्थित होटल इन्दुरिष्ट प्यालेसको सभा हलमा  इटहरी लेडी जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम इटहरी लेडी सिजकी अध्यक्ष लक्ष्मी वरालको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष JC रजनी थापाको प्रमुख आतिथ्यता गर्नुभएको थियो भने क्षेत्र 'क' का शाखा अध्यक्षहरूको पनि उपस्थित रहेको थियो।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाल जेसिजका कानुनी सल्लाहकार JC सुनिल तिमिल्सिनाले प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको थियो। साथै नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष JCI Sen. कैलाश खाकी श्रेष्ठले पनि सह-प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो। प्रशिक्षकहरूले संसदीय व्यवस्थाका विविध पक्षहरू, कानुनी प्रक्रियाहरू, नीति निर्माण, विधायन प्रक्रिया, तथा सभाको सञ्चालन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूले संसदीय प्रणालीको महत्व, यसका अवसर र चुनौतीबारे गहन छलफल गरेका थिए। साथै, संसदीय अभ्यासलाई प्रभावकारी बनाउने उपाय, नियमावलीहरूको पालन, तथा नेतृत्व क्षमताको विकासबारे पनि प्रशिक्षण दिइयो।

नेपाल जेसिजले नेतृत्व विकास, नीति निर्माण, तथा व्यवस्थापकीय क्षमताको अभिवृद्धिका लागि यस्ता तालिमहरू आयोजना गर्दै आएको छ। यस प्रशिक्षण कार्यक्रमले सहभागीहरूलाई संसदीय प्रणालीबारे गहिरो ज्ञान प्रदान गर्नुका साथै व्यावहारिक सीपसमेत विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ। इटही लेडी जेसिजका पदाधिकारीहरूको बाक्लो सहभागीता रहेको थियोे ।