इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले इलामको बाँझो लामिटार प्रहरी चौकीको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा डीआईजी अधिकारीले चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्दै उनीहरूको कामको अवस्था बुझनुभएको थियो । साथै उहाँले सुरक्षा सम्बन्धी रणनीति, जनताको सेवा प्रभावकारी बनाउने उपाय तथा प्रहरी संगठन भित्रको अनुशासन र मर्यादाबारे आवश्यक निर्देशन दिनुभएको थियो । प्रहरी चौकी निरीक्षणको क्रममा डीआईजी अधिकारीले स्थानीय सुरक्षा व्यवस्थाका विविध पक्षबारे जानकारी लिँदै जनसुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।


