इटहरी । मोरङको उर्लाबारी नगरपालिका –३ स्थित दुर्गा माध्यमिक विद्यालयमा ‘उपमेयरसँग किशोर किशोरी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले विद्यालयका किशोरकिशोरीहरू सँग अन्तरक्रिया गर्दै हिंसा र कुरीतिका विषयमा जानकारी गराउनुभएको हो । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत करिब १ सय विद्यार्थी सहभागी भएका थिए । उपप्रमुख पौडेलले किशोरकिशोरीहरूले भोग्नुपरेका समस्याका बारेमा जानकारी लिँदै महिला तथा बालबालिकामाथि हुने हिंसाका स्वरूप, कारण, असर र सामाजिक मूल्य–मान्यताका कारण सिर्जित भेदभावबारे प्रस्ट्याएको नगर उपप्रमुखको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा महिला बालबालिका शाखाकी कर्मचारी तारा काफ्लेले सहजीकरण गर्नुभएको थियो । विद्यार्थीहरूले आफ्नो अनुभव तथा जिज्ञासा राख्दै हिंसा, भेदभाव र कुरीतिबाट बच्न आवश्यक उपायबारे जानकारी लिएका थिए । विद्यालयमा यस्तो कार्यक्रमले किशोरकिशोरीहरूमा सचेतना वृद्धि गर्दै उनीहरूका समस्याको समाधानका लागि महत्वपूर्ण योगदान पु¥याउने सचिवालयले जनाएको छ ।