इटहरी । नेपाल खेलकुद महासंघ उर्लाबारी द्वारा आयोजित बनभोज कार्यक्रम उर्लाबारी–२ स्थित बेतिनी सिमसारमा सम्पन्न भएको छ । महासंघका सचिव सक्षम भण्डारीको अध्यक्षता र राजिव दियालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विप्लव घोष रहन्भएको थियो  । उहाँले खेलकुद महासंघको भावी योजना र खेलकुदको विकासमा महासंघको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो । घोष महासंघको केन्द्रीय समिति अन्तर्गत कोशी इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । सो अवसरमा कार्यक्रमका अध्यक्ष भण्डारीले कार्यक्रममा सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरू, स्थानीय नेताहरू तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।