बराहक्षेत्र | नेपाली कांग्रेस बराहक्षेत्र वडा नम्बर ९ कार्यसमितिको आयोजनामा पारस अस्पताल, विराटनगरसँगको सहकार्यमा एक दिवसीय निःशुल्क होल बडी स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

शिविरको उद्घाटन नेपाली कांग्रेस बराहक्षेत्र वडा नम्बर ९ कार्यसमितिका सभापति लालबहादुर लिम्बु (जोनी) द्वारा गरिएको थियो।

स्वास्थ्य शिविरको अनुगमनका लागि बराहक्षेत्र नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति रमेश कर्की, वडा नम्बर ९ का वडाध्यक्ष निरञ्जन चन्द्रवंशी, वडा नम्बर १० का वडाध्यक्ष एवं नेपाली कांग्रेस बराहक्षेत्र-१० का सभापति तेज बहादुर गुरुङ, वडा नम्बर ९ का वडा सदस्य चतुर लाल चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भीम कट्वाल, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क प्रदेश कार्यसमितिका सह-सचिव आशीष राई, राजाबास सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालक खेम राई लगायत विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शिविरमा करिब १,२०० जना स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा सहभागीहरूलाई विभिन्न रोगहरूको निःशुल्क परीक्षण तथा परामर्श प्रदान गरिएको थियो।

कार्यक्रमका संयोजक तथा नेपाली कांग्रेस बराहक्षेत्र-९ का सचिव सुजित राईका अनुसार आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको छ। उनले स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन र समुदायमा स्वास्थ्यप्रति जागरूकता फैलाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे।