सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ गरैया श्रीलन्का टापुमा रहेको श्री जनता माबी स्कुलका १४५ जना बिधार्थीहरुलाई कर्मयोग फाउन्डेसनले कपडा वितरण गरेको छ । शुक्रबार शीशु कक्षा देखी कक्षा ५ सम्माका १४५ जना बिधार्थीहरुलाई कर्मयोग फाउन्देसनको सहयोगमा ट्राक्रसुट, जुत्ता,टिसर्ट , बिधालय ब्याग वितरण गरीएको छ।
उक्त कार्यक्रम कर्मयोग फाउन्डेसनका अध्यक्ष शौरब रीमालको अध्यक्षता भएको उक्त कार्यक्रममा युवा समाजसेवी नेपाली काङ्रेस महाधिवेशन प्रतिनिधि भीम कटुवाल को प्रमुख अतिथि रहेको थियो भने कार्यक्रममा बिशेश अतिथिमा बराहक्षेत्र नगरपालीका वडा नम्बर १० को अध्यक्ष तेजबहादुर गुरुङ रहेका थिए । कार्यक्रममा प्रशम श्रेष्ठ , लाल बहादुर लिम्बु , आशीस राई , सुजीत राई, रोजन बिक श्याम कटुवाल, बिधालयको प्रधानाध्यापक राम चन्दबंशी लगायतको उपस्थितमा उक्त सामाग्री वितरण गरेको हो।


