इटहरी / सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इटहरी -५ मा रहेर सञ्चालन हुदै आएको सिमरवना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा इटहरीको सत्संग भवनमा गरिएको थियोे ।
जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालको प्रमुख आतिथ्यमा संस्थाको खुलासत्र सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै दाहाल सहकारीहरुले खराब ऋणलाई घटाउन विशेष पहल गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र बस्नेतले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा समिति संयोजक सालिग्राम काफ्लेले लेखा प्रतिवेदन पेश गरेका थिए ।
संस्थाको अध्यक्षमा प्रकाशचन्द्र बस्नेत, उपाध्यक्षमा टोमप्रसाद तिम्सिना, सचिवमा कमला गुरुङ चयन भएका छन्। सदस्यहरूमा मैनादेवी ढकाल, हरिप्रसाद तिम्सिना, एकराज पोखरेल, कृष्ण प्रसाद गडतौला, गोपाल गिरि, बेदराज कार्की, उद्वव पौडेल र रन्जित पासवान रहेका छन्।
लेखा समितिमा संयोजक लोकनाथ लम्साल छन् भने सदस्यहरूमा नन्द कुमारी ओझा र केशब न्यौपाने चयन भएका छन्।
१८७४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३७९७५९०० रहेको छ । यस्तै संस्थाको बचत १० करोड रुपैया रहेको छ । संस्थाले ३५३ जनामा १६ करोड रुपैया ऋण लगानी गरेको छ त्यस्तै संस्थाको कोषमा ३११७५२२८.१४ रहेको छ । कार्यक्रम संस्थाका सचिव काशीनाथ दंगालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बिशिस्ठ अतिथी इटहरी उपमहानगरपालिका वड न ५ का वडाध्यक्ष भीष्म कुमार घिमिरे, गोधुलि पशुपालन सहकारीको उपाध्यक्ष पुष्पा सापकोटा ,टोलबिकास लघुउद्दमको सचिव टंक पोखरेल काब्यबाटिका कृषि सहकारीका अध्यक्ष अनिता निरौला
,बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष बिमला शिवाकोटी ढकाल एवम विभिन्न टोल बिकास संस्थाका अध्यक्ष पदाधिकारी , सिमरवना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।


