इटहरी। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकिकरण पद मार्गमा पदयात्रा गरिएको छ । नेपाली सेनाको आयोजनामा धरानस्थित फुस्रेबाट धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित साँगुरीगढीसम्म पदयात्रा गरिएको हो । साँगुरीगढी एउटा त्यो थलो हो जो नेपाल एकिकरण ताका एकिकरणका नायक राजा पृथ्वीनारायण शाहका सेनाका कमाण्डर अभिमानसिंह बस्नेतले वि।सं १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाई नियन्त्रणमा लिएर त्यहिबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो । त्यस्तै कोशी राजमार्ग वन्नु अघिसम्म पहाडी क्षेत्रका नागरिकको नुनतेल लिनलाई धरान जाने मुख्य नाका पनि हो । यसैलाई आधार मानेर भिमदल गण सल्लेरी धनकुटाको संयोजनमा धरानदेखि करीब ३ किलो मिटर उकालो यात्रा गरेको हो । साँगुरीगढी पुगेपछि विभिन्न नाच तथा कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै सो मार्गको बारेमा समेत जानकारी गराइएको थियो । यात्रा आइतबार धनकुटाको पाख्रिवास पुगेर समाप्त हुनेछ । कार्यक्रममा प्रमुख अतिथी श्रीनम्बर दुई बाहिनी अड्डा हिलेको बाहिनीपती दिल बहादुर सुब्वाले पुर्खाहरुको योगदान भुल्न नहुने बताउनुभयो । उहाँले यो एकिकरण मार्ग संरक्षणको लागी नेपाली सेना सदै लागिरहने बताउनुभयो । पुर्खाहरुले देश जोगाउन तथा देश बनाउन गरेको योगदानबाट धेरै कुरा सिक्नुपर्ने समेत बताउनुभयो । त्यस्तै अतिथि साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुदाली राइले यसलाई इतिहास र पर्यटनसँग जोड्नु पर्ने र त्यसको लागि पालिकाले पहल गरिरहेको बताउनुभयो । बृहत पदयात्रामा धनकुटा र धरानका गरि दुई सय बढी विभिन्न सरोकारवालाहरु, पर्यटन व्यवसायी र स्थानीय बासिन्दा तथा नेपाली सेनाको सहभागिता रहेको थियो । त्यस्तै एकिकरण दिवसको उपलक्ष्यमा सागुरीगढीमा तोप स्थापना समेत गरीएको छ । इतिहास जोगाउन तथा पर्यटकन प्रबर्दन गर्न तोप राखिएको हो ।