इटहरी । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद भएको थियो। अवैध रुपमा दुईलाख १८ हजार मूल्य बराबरको औषधी लिएर आएका विराटनगर १६ का किसन चौधरी र भारत अररियाका प्रविनकुमार सहानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुले ल्याएको औषधी मोटरसाइकलसहित थप कारवाहीका लागि औषधी व्यवस्था विभागको कार्यालय विराटनर बुझाइएको जानकारी दिइएको छ।