सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न.१० मा रहेको पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ ।

पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष रु.४४ लाख ३८ हजार २ सय ४२ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । संस्थाले १५ औं वर्षिक साधारणसभाको अवसरमा पुर्व संन्चालक समिति सदस्य , सचीव ,लेखा संयोजक गरि ३ जना र जेष्ट नागरिक २ जनालाई प्रसंसा पत्र सहित सम्मान गरेको छ । त्यसैगरी कर्जा तर्फ उत्कृष्ट ऋणी ५ जना , मासिक बचत तर्फ ४ जना , दैनिक उत्कृष्ट बचत तर्फ ६ जना , उत्कृष्ट खुत्रुक्के बचत तर्फ १ जना र उत्कृष्ट बाल बचत तर्फ १ जना उहाँहरु सबै जनालाई मायाको चिनो सहित सम्मान गरिएको छ। साथै सेयर सदस्यको छोरी कक्षा -१२ मा उत्कृष्ट अंक ल्याएको मा नगद पैसा सहित संमान गरेको छ ।

साधारणसभाको सभापतिको रूपमा संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार रहनु भएको थियो ।

विशिष्ट अतिथीको रूपमा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० का अध्यक्ष तेज बहादुर गुरुङ, नेप्स्कुन संन्चालक सदस्य सालिग्राम ढकाल , प्रकास माध्यमिक बिधालयका प्र.अ चुडामणिा खनाल रहनु भएको थियो भने अतिथिको रूपमा रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेस कुमार पौडेल धरहरा कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धनारायण चौधरी ,प्रकासपुर बहुउद्देश्य सहकारीका अध्यक्ष धनमाया खड्का , प्रकासपुर प्रहरी चौकी पदअधिकारी लगाएत संचालक समितीका पद अधिकार हरु , कर्मचारी , सेयर सदस्यहरू, स्थानीय समाजसेबि, शैक्षिक ,बौद्धिक ,ब्यक्ति तथा सरोकारवालाहरूको उपस्थिति मा संचालक समितिका पद अधिकारी रुपनारायण दाहालले कार्यक्रम संचालन गर्नु भएको थियो ।IMG-20250104-WA0090

साधारणसभामा संस्थाका उपाध्यक्ष रामबाबू रौनियारले स्वागत मन्तव्य राख्नु भएको थियो । हाल पिपल बोटे बचत तथा ऋण सहकारी संस्थामा २ हजार ५१ जना सेयर सदस्य रहेको छ । संस्थाले विगत लामो समय देखि यस संस्थाको कार्य क्षेत्र बराहक्षेत्र नगरपालिका लगाएत अन्य ठाँउका स्थानीय समुदायमा रहेको सेयर सदस्यहरुलाई वित्तीय सेवामा योगदान पुर्याउदै आएको छ। बिगतको दिनमा सामाजिक कार्य , स्वास्थ सिविर , सार्वजनिक ठाउँमा डस्विन राख्ने ,बिपद मा राहत वितरण, बितिय साक्षरता सम्बन्धि तालीम ,जस्ता अन्य कार्यमा यस सहकारी संस्था सक्रिय रहेकोे र भाबी दिनमा अझै संस्थाको वृद्धि बिकासको लागी पर्ने भनी अध्यक्ष बद्रीकुमार बुढाथोकी ले बताउनु भयो । 

प्रमुख अतिथि नगर उपप्रमुखका अनुसार  यस सहकारीको वृद्धि बिकास र उन्नति प्रगति राम्रोसँग भइरहेकोे छ स्थानीय सरकार सग सहकार्य गरि अगाडी बढ्न सुझाव दिदै भाबी दिनमा साथ सहयोग गर्ने प्रतिबद्ध समेत जनाउनु भयो । 

साथै साधारणसभालाई सफल बनाउन संस्थाका संन्चालक समितीका पदाधिकारी र ब्यवस्थापप, कार्मचारी लगाए अन्यको सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।