इटहरी । सुतार कार्की सेवा समिति सुनसरीको चौथो साधारणसभा समापन भएको छ ।
शनिबार इटहरीको बालग्राममा पुर्खाको सम्मान ,संस्कृतिको उत्थान सुतार एकता विश्वबन्धुत्वको पहिचान भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रममा सुतार कार्की सेवा समिति सुनसरीका निर्वातमान अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार तथा सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रीय समितिका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
सुतार कार्की कुलबंश प्रतिष्ठान केन्द्रीय समितिका महासचिव तथा निवर्तमान सुतार कार्की सेवा समिति सुनसरीका सचिव मनोज कार्कीले कार्यक्रमको सञ्चालन संगै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । चौथो साधारणसभाले हेम बहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ भने, सचिबमा दुहबीका पर्शुराम कार्की चयन हुनुभएको छ । नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण निर्वाचन अधिकृतको संयोजकको भूमिकामा रहनुभएका रोवनराज कार्कीले गराउनु भएको हो ।यस अवसरमा, सुतार कार्कीलाई जोड्न सहयोग गर्ने धेरै व्यक्तिहरूलाई सम्मानित गरिएको छ । सुतार कार्की परिवारलाई एककिकरण गर्न आफु लागि रहेको भन्दै पदमा रहे पनि नरहे पनि सधै सुतार कार्कीको हितमा काम गर्नु पर्ने सुतार कार्की सेवा समिति केन्द्रीय सल्लाहकार तथा सुतार कार्की सेवा समिति सुनसरीका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीले बताउनु भयो । सुतार कार्की प्रतिष्ठान हालै दर्ता भई संस्थागत रूपमा विकास भइरहेको छ र भवन निर्माण पनि सम्पन्न भएको छ । प्रतिष्ठानको विधानमा सामाजिक सेवा गर्ने विषयलाई समेटिएको छ । यसै क्रममा, एम्बुलेन्स खरिद चाँडै गर्ने ,भवनको सुरक्षाका लागि तटबन्ध गर्ने लगायत अन्य सामाजिक काममा संस्था केन्द्रित हुने जानकारी सुतार कार्की कुलबंश प्रतिष्ठानका महासचिवले दिनुभएको छ ।

चौथो साधारण सभाबाट बनेको नयाँ कार्य समितिका अध्यक्ष हेम बहादुर कार्कीले सुनसरीमा छरिएर रहेका सुतार कार्कीलाई जोड्न महत्त्वपूर्ण कार्य गर्ने बताउनुभयो । साधारण सभामा विशिष्ट अतिथिका रूपमा सुतार कार्की सेवा समितिका केन्द्रीय उपाध्यक्ष खेम कार्की, प्रा.डा. धनबहादुर कार्की, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कुमार कार्की, केन्द्रीय सेवा समितिका कोषाध्यक्ष रमेश कुमार कार्की, उदयपुर सुतार कार्की सेवा समितिका अध्यक्ष काशी कार्की लगायत २५ जना अतिथिहरू र सय भन्दा माथि सुतार कार्की परिवारका सदस्यहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको छ ।



