बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १० मा रहेको न्यू स्टार टेक्निकल इन्स्टिच्युटको आयोजनामा र बराहक्षेत्र नगरपालिका वडा नं ९ को कार्यालयको सहयोगमा विद्यार्थीहरूको ज्ञान सिप क्षमता तथा दक्ष जनशक्ति उत्पादन गराउने उदेश्यले बराहक्षेत्र नगरपालिका ९ भरीका महिलाहरूको लागि निःशुल्क आधारभूत कम्प्युटर तालिमको प्रमाण पत्र वितरण तथा अतिथि गणहरू लाई सम्मान समारोह सम्पन्न भएको छ।
उक्त कार्यक्रमना सभापतिको रूपमा रामसेवक कुमार मेहता रहनु भएको थियोे भने प्रमुख अतिथिको रूपमा निरंजन मंडल चन्द्रवंशी रहनुभएको थियो ।
कार्यक्रममा अतिथिको रूपमा वडा सचिब होम प्रसाद लिम्बु ,वडा सदस्य चतुरलाल चौधरी, प्रशिक्षक सावन्त कुमार मेहता , मिथिलेश यादव ,वडा कर्मचारी किसुनिया मोची, वडा इन्जिनियर प्रमोद साह ,पत्रकार चुनचुन झा ,वडा सदस्य सन्जु साहि,वडा सदस्य भरत चन्द्रवंशी , स्थानीय समाजसेवि हारी भट्टराई लगायत बिद्यार्थीहरुको उपस्थितिमा सिताराम चन्द्रवंशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
बराहक्षेत्र नगरपालिका वडा -९ को आर्थिक सहयोगमा र न्यु स्टार टेक्निकल इन्स्टिच्युटको आयोजनामा महिला हरुलाइ निसुल्क आधारभुत कम्प्युटर सिपमूलक तालिम प्रदान गरेको हो ।यस कार्यक्रमले वडा -९ भरिका स्थानीय महिलाहरूको सीप विकासमा ठूलो योगदान पुर्याएको आयोजकले जनाएको छ ।


