सुनसरी / सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित कोशी पुलमा आत्महत्या प्रयास र दुर्घटना उद्धारका लागि Simulation Exercise कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रपट्टी, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस चतराको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा चतरा पुलमा हुने सम्भावित आत्महत्या प्रयास र दुर्घटनाको समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय उद्धारकर्मीहरूको सहभागिता रहेको थियो। अभ्यासले उद्धारका क्रममा अपनाइने विधि, समन्वय र सुरक्षा उपायबारे जानकारी प्रदान गरेको छ।
कार्यक्रमको उद्घाटन सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री राम चन्द्र तिवारीज्यूको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत गणेश बहादुर कटवाल र जिल्ला सुरक्षा समितिका सदस्य प्रमुख सेनानी राजन भुजुज्यू पनि उपस्थित थिए।
यस अवसरमा प्रमुख जिल्ला अधिकारी राम चन्द्र तिवारीज्यूले भने, "विपद व्यवस्थापनमा सबै सुरक्षा निकायहरूको समन्वय अत्यन्तै महत्त्वपूर्ण छ। यस्तो अभ्यासले हामीलाई सम्भावित विपदमा जनधनको क्षति घटाउने दिशा दिन्छ।" उनले स्थानीय समुदायलाई पनि विपद व्यवस्थापनमा सहकार्य गर्न आग्रह गरे।
अभ्यासमा चतरा पुलमा हुने संभावित आत्महत्या प्रयास र दुर्घटनामा उद्धार गर्ने प्रक्रिया, समन्वय र आपतकालीन प्रतिक्रिया प्रणालीको मूल्याङ्कन गरियो। उक्त अभ्यासमा सशस्त्र प्रहरी, प्रहरी र स्थानीय प्रशासनका सदस्यहरू साथै विभिन्न स्वयंसेवकहरूको टोलीले सक्रिय भूमिका खेले।
बदलीका साथै, कार्यक्रमका आयोजकहरूले विपद उद्धार प्रक्रियामा तयारीको महत्त्वबारे जनचेतना फैलाउन र स्थानीय समुदायलाई सचेत बनाउनको लागि यस्तो अभ्यास अनिवार्य रहेको बताएका छन्।
बराहक्षेत्र नगरपालिका र महेन्द्रनगर चक्रघट्टी प्रहरी कार्यालयको समन्वयमा सम्पन्न यो अभ्यास आगामी दिनमा विपदका बेला सशस्त्र प्रहरी र स्थानीय प्रहरीका लागि निकै उपयोगी साबित हुने छ भन्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम प्रमुख विकास राईले उद्धार कार्यमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समुदायको भूमिकाको महत्त्वबारे चर्चा गर्दै यस्ता अभ्यासले भविष्यमा हुने अप्रिय घटनालाई रोक्न सहयोग पुर्याउने बताए।


