सुनसरी / नेपाल पत्रकार महासंघको कोशी प्रदेश कार्यसमितिको आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। प्रदेशका १४ वटै जिल्लाका पत्रकारहरूले विराटनगरस्थित महासंघको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृत यज्ञ शर्माका अनुसार विभिन्न पदमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
अध्यक्ष पदका लागि भरतबहादुर खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्ष पदका लागि कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाले उम्मेदवारी दिएका छन्।
महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान प्रतिस्पर्धामा छन् भने महासचिव पदमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई (चाम्लिङ्ग) र हिमाकुमारी चेम्जोङ्गले उम्मेदवारी दिएका छन्।
खुल्ला सचिव पदमा ध्रुव भट्टराई (सूर्यबहादुर) र बाबुराम कार्की प्रतिस्पर्धामा छन्। समावेशी सचिव पदका लागि अरविन्दकुमार मेहता र गजेन्द्र राईले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्ष पदमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।
खुल्ला सदस्यका लागि विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली र रामधन राईले उम्मेदवारी दिएका छन्।महिला सदस्यमा अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ्ग, बुद्धमाया सोमी र रामजना अधिकारी (रञ्जना) बीच प्रतिस्पर्धा हुनेछ। दलित सदस्य पदमा अनिता रसाइली र किशोर विश्वकर्माले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजाति सदस्यका लागि अनिलदेव राई, खनेन्द्रकुमार राई (अर्जुन कुलुङ्ग राई), दिनेश सुब्बा र लाक्पा जी शेर्पा (लाक्पा गेल्जे) बीच प्रतिस्पर्धा हुनेछ।
मधेसी सदस्यमा अविनाश कुमार निधि, आशिषकुमार यादव, चन्दनकुमार रौनियार र सत्यनारायण शर्माले उम्मेदवारी दिएका छन्।
त्यस्तै, अल्पसङ्ख्यक सदस्यका लागि लुकमान अन्सारी र विजय धिमालले उम्मेदवारी दर्ता गराएका छन्। यो निर्वाचनले कोशी प्रदेशको पत्रकारिताको नेतृत्व कसले लिने भन्ने टुंगो लगाउनेछ।


