इटहरी / नेकपा एमाले इटहरी वडा नं १३ को तेस्रो वडा अधिवेशन बाट देव बहादुर कटुवाल (देवेन्द्र ) को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन भएका छन्  ।

कमिटीको उपाध्यक्षमा भूपेन्द्र सरदार, सचिवमा भीम सुवेदी, उपसचिव महिला मनिता तिम्सिना, उपसचिव ईश्वरीप्रसाद लुइटेल (काजी) सहित २६ जना सदस्यहरू सर्वसम्मत रुपमा चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष सुशील शाहले बताउनुभयो। 

२०८१ मङ्सिर २२ गतेदेखि २४ गतेसम्म चलेको अधिवेशनमा खुल्ला सत्रमा प्रमुख अतिथि कोशी प्रदेश माननीय सांसद रोहित बहादुर कार्की,  कोशी प्रदेश माननीय सांसद मिना श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा इटहरी इन्चार्ज प्रमोद शेर्पा प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता चौधरी पार्टी जिल्ला कमिटी सचीव क.राम कोइराला पार्टी नगर कमिटी उप सचीव द्वय रञ्जु सिग्देल तेज नारायण चौधरी लगायत हुनुहुन्थ्यो । 

त्सयस्तै बन्द सत्रमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तैयब हुसैन साथै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भुवनराज पोखरेल इटहरी पार्टी नगर कमिटी अध्यक्ष रुपेश बस्नेत लगायतको उपस्थितिमा रहेको थियो । बन्द सत्रको अध्यक्ष मण्डल संयोजक सुशील साह, सदस्यहरु सरोज गिरी, शिव नारायण चौधरी, तोया ढकाल, एयुब हुसेन, मुना तिम्सिना, जोखन सरदार को दुई दिनको मेहनत पश्चात सर्वसम्मत रुपमा कमिटीले पूर्णता पाएको बन्दसत्र अध्यक्ष मण्डलका सदस्य सरोज गिरीले बताउनुभयो ।

इटहरीका सम्पूर्ण वडामा अधिवेशन चलिरहँदा सर्वसम्मत नभएर विभिन्न वडा कमिटीहरु निर्वाचनमा जाने तयारी गरिरहेका अथवा धेरै ठाउँमा विवाद भइरहँदा इटहरी वडा नम्बर १३ ले सर्वसम्मत रुपमा कमिटी चयन गरेको छ अन्य वडाहरूमा पनि सर्वसम्मतको लागि पहल गरिने नगर अध्यक्ष रुपेश बस्नेतले बताउनुभयो । 

Screenshot_2024_1209_211719