रामधुनी / रामधुनी नगरपालिकाले विद्यालयहरूलाई कामको संसार चिनेको  (School to Work Transition )( स्कुल टु वर्क ट्रान्जिसन )सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

जनता मा.वि रामधुनी ३ सिंगिया स्कुलमा
दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (ENSSURE) अन्तर्गत, रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा, आर्थिक वर्ष २०८१/०८२ का लागि
चिनेको  (School to Work Transition )( स्कुल टु वर्क ट्रान्जिसन )सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।

यस कार्यक्रमको आयोजना हेल्भेटास (helvetas) नेपालको प्राविधिक सहयोगमा गरिएको थियो। विद्यालयबाट कामको संसारमा स्थानान्तरण गर्ने कार्यक्रम (School to Work Transition Program) कक्षा ८, ९, र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित छ। कार्यक्रमको उद्देश्य बिद्यार्थीलाई माध्यमिक शिक्षासँगै कामको संसारमा सहज प्रवेशको लागि आवश्यक व्यवहारिक ज्ञान र सीप प्रदान गर्नु हो।

यस संस्थाले कोशी प्रदेशका १२ वटा संस्थालाई हेर्छ । जसमा रामधुनी नगरपालिका १० वटा सामुदायिक विद्यालय मध्य ४ वटा सामुदायिक विद्यालयलाई छनोट गरेको छ । अरू ६ वटालाई अर्को साल छनोट गर्ने योजना छ ।

पढाइ सँगसँगै रोजगारी सम्बन्धि ज्ञान हुने र रोजगारी पाउन सजिलो हुने ENSSURE ( हेल्बटास) Helvetas नेपालको प्राविधिक सहयोगी प्रलाद सिंह थारूले बताउनुभयो ।

नगरपालिकाको मातहत बाट सबै विद्यालयलाई समेटेर लाने रामधुनी नगरपालिकाका नगर प्रमुख  शंकरलाल चौधरीले बताउनुभयो ।

यो कार्यक्रम नेपाल सरकार र स्वीइजरल्या सरकारको सम्झौतामा सञ्चालन भएको हो ।
कार्यक्रममा विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका उद्यमी र पूर्व विद्यार्थीहरूसँग अन्तरक्रिया तथा उत्प्रेरणा सत्रजस्ता क्रियाकलापहरू पनि समावेश गरिएका थिए, जसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान आदानप्रदानको अवसर प्रदान गर्‍यो ।

यस अघि नगरपालिकामा विद्यालय वृत्ति - मार्गनिर्देशन कार्यक्रमको अभिमुखीकरण कार्यक्रम  गरिसकेको छ । रामधुनी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धनाराण चौधरी ,रामधुनी नगरपालिकाका रोजगार संयोजक खगेन्द्र सुब्बा,जनता मा.वि रामधुनी ३ सिंगियाका प्रधानध्यापक धनिकलाल मेहता, रामधुनी नगरपालिकाका १० वटै विद्यालयका विभिन्न विद्यालयका प्रधानध्याप, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, तथा शिक्षकहरूको सहभागिता थियो।