बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
यस सहकारी संस्थाको बिगत आर्थिक बर्षको वार्षिक कारोबार ,लेखा र लेखा प्रतिबेदन समेतको अध्ययनपबाट आर्थिक बर्ष २०८०/०८१ को आयकर अघिको खुद नाफा रु .१,५५,७१,७१५।६५ संस्थाले आर्जन गर्न सफल भएको छ । आर्थिक बर्ष २०८१/०८२ को मोटामोटि अनुमानीत बचत रु. १,५५,०२,५९८।०४ रहेकोे वार्षिक प्रतिबेदनले देखाएको छ ।
यस सहकारीको २७औं वार्षिक साधारणसभाको अवसरमा मासिक बचत तर्फ उत्कृष्ट सेयर सदस्य जम्मा ३४ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेको छ भने उधमी संमान तर्फ ५ जना सेयर सदस्य , रेमिटेन्स तर्फ ८ जना सेयर सदस्य ,सेयर खरिद तर्फ २५ जना सेयर सदस्य ,उत्कृष्ट बचत तर्फ ५१ जना सेयर सदस्य , बाल बचत तर्फ ११ जना सेयर सदस्य ,जेष्ठ सदस्य तर्फ ९ जना सेयर सदस्य , कर्मचारी तर्फ १ जना र २ जना सेयर सदस्यका छोराछोरी एस इ. इ. परिक्षा मा उत्कृष्ट अंक ल्याउने २ जना बिद्यार्थी लाई पुरस्कार तथा संमान गरेको छ ।
बार्षिक साधारण सभामा सभापतिको रूपमा यस सहकारीका अध्यक्ष गणेश कुमार पौडेल रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा सुनसरी जिल्ला बचत तथा ऋण संघका अध्यक्ष योगमाया सुबेदी रहनु भएको थियो । विशिष्ट अतिथिको रूपमा प्रकाश मा.वि.का प्राध्यानध्यापक चुडामणी खनाल , रामधुनी नगर पालिका वडा -४ का वडा अध्यक्ष कमल कार्की रहनु भएको थियो ।
त्यसैगरि अतिथिको रूपमा बराहक्षेत्र -१० को वडा सदस्य नारायण बहादुर पौडेल , गाउँबेशि कृषि सहकारी संस्थाको अध्यक्ष रबिन कुमार घिमिरे ,पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी ,रूपमा गाउँबेशि कृषि सहकारी संस्थको ब्यवस्थापक राम निरौला ,मधुप्रकाश दुग्ध उत्पादन सहकारी संस्थाको अध्यक्ष डिल्ली प्रसाद बास्टाेला ,प्रकासपुर बहुउद्देश्य सहकारीका अध्यक्ष धनमाया खड्का प्रकासपुर प्रहरी चौकी इन्चार्ज भोलानाथ धमला , लगाएत संचालक समितीका पद अधिकार हरु , कर्मचारी , सेयर सदस्यहरू, स्थानीय समाजसेबि, शैक्षिक ,बौद्धिक ,ब्यक्ति तथा सरोकारवालाहरूको उपस्थिति मा रामधुनी बचत तथा ऋण सहकारी संस्थाको सचीव बलराम दाहालले कार्यक्रम संचालन गर्नु भएको थियो ।
साधारणसभामा उपस्थित सम्पूर्ण अतिथि गण हरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । रामधुनी बचत तथा ऋण सहकारी संस्था विगत लामो समय देखि यस संस्थाको कार्य क्षेत्र बराहक्षेत्र नगरपालिका, भोक्राह नरसिहं गाउँपालिका , रामधुनी नगरपालिका लगाएत अन्य स्थानीय समुदायमा रहेको सेयर सदस्यहरुलाई वित्तीय सेवामा योगदान पुर्याउदै आएको छ। बिगतको दिनमा सामाजिक कार्य , स्वास्थ सिविर , सार्वजनिक ठाउँमा डस्विन राख्ने ,बिपद मा राहत वितरण, बितिय साक्षरता सम्बन्धि तालीम ,जस्ता अन्य कार्यमा यस सहकारी संस्था सक्रिय रहेकोे र भाबी दिनमा अझै संस्थाको वृद्धि बिकासको लागि लागी पर्ने रामधुनी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
साथै साधारणसभालाई सफल बनाउन संस्थाका संन्चालक समितीका पदाधिकारी र कार्मचारी लगाए अन्यको सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
रामधुनी बचत तथा ऋण सहकारी संस्थाको चुनाव समेत आज घोषणा भएको छ । मनोनयन दर्ता १ गते पुस मा गर्नु पर्नेछ । संचालक समितिको मतदान पुस १५ गते हुनेछ भएको छ । निर्वाचन संयोजक को रूपमा चन्द्र प्रसाद सिग्देल , निर्वाचन कमिटी सदस्यमा सुर्य बहादुर माझी , बिशाल राई रहेकोे छ ।


