इटहरी । २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुनसरीको दुहबी नगरपालिकाले १८ जना स्वायंसेवीका महिलाहरुलाई सम्मान गरेको छ । ’विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ दुहबी नगरपालिकाको आयोजनामा २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । दुहबी नगरपालिमा बिहीबार प्रत्यके वडा वडा गर्दै नगर स्तरीय १ सय ३ जनाको उपस्थितिमा प्रभातफेरि र अन्तक्रिर्या गरेको छ । अहिले स्थानीय सरकारमा काम गर्न निकै सहज भएको स्वायंसेवीका गिता बन्जराले खुसि व्यक्त गर्नु भयो । नगरपालिकाले स्वयंसेवीकाहरुको लागि बजेट छुट्टाएर काम गर्दै आएको र उनीहरूको अधिकारको संरक्षण गर्दै आएको दुहबी नगरपालिकाका उप प्रमुख मेनुका पोख्रेल खतिवडाले बताउनुभयो । पालिका जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुखहरु, समाजसेवी बुद्धिजिवी लगायत स्वयंसेवीकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पु¥याउने उद्देश्यले वि सं २०४५ साल देखि यो कार्यक्रम सुरु भएको हो। महिला स्वास्थ्य सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका कार्य गर्दै आएका छन् ।


