मोरङ / स्थान विशेषका समस्याहरुको पहिचान गरि तदअनुरुप रणनिति तयार गरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले बताउनु भयाे ।
खुल्ला सिमाका कारण हुने भन्सार छलि, चोरी, अवैध सामान ओसारपसार, लागुऔषध रोक्न तथा नियन्त्रण गर्नका लागि मोरङ प्रहरीले आक्रामक रुपमा काम गरीरहेको मोरङ प्रहरी प्रमुख एसपी चिमरीयाले बताउनु भयो ।
बकानुन भन्दा बाहीर कोही पनि नभएकाले कानुनको कार्यन्यन गराउन मोरङ प्रहरी सक्रिय पूर्वक लागिरहेको बताउदै चालु आर्थिक वर्षको हालसम्म १ सय ५२ जना फरार प्रतिवादी पक्राउ गरिसकिएको १ सय ५२ जनामध्य १ सय ८ जना कार्तिक र मंसिरमा मात्रै पक्राउ परेका, गत आर्थिक बर्षमा जम्मा १ हजार ९ जना फरार प्रतिवादी पक्राउ परेको तथ्याङक रहेको चिमरियाले बताउनु भयो ।
यो आर्थिक वर्षमा हालसम्म ४९ वर्ष २ महिना ५ दिन कैद सजाए भुक्तान गराउन अदालतमा पेश गरेको र १६ लाख ३५ हजार ९ सय ४८ रुपैया बराबरको राजस्व दाखिला गराएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले बताउनु भएको छ ।


